सुविधा वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइ पहुँच विस्तार


खानलाई खाना, बस्नलाई घर, पढ्नलाई विद्यालय, उपचारका निम्ति अस्पताल, घुमफिर एवम् आवतजावतका लागि यातायात सेवा, सञ्चार तथा सुचनाको लागि विद्युत आदि नहुदाँ हुन् कस्तो हुँदो हो जीवन?  ढुङ्गे युग यस्तो जीवनमा सायद केही पनि भिन्नता नरहला। मोबाइल, ल्यापटप टेलिभिजन जस्ता यन्त्रहरु नहुदाँ हुन् भने हामीलाई दिन काट्न मुस्किल पर्छ। तर आज पनि कयौं यस्ता मानव समुदायहरू छन् जुन समुदायका मानिसहरू यस्ता आधारभूत सुविधाहरुबाट समेत अझै पनि वञ्चित रहिआएका छन्। हातमुख जोड्ने समस्या नै व्याप्त रहेका यस्ता समुदायका मानिसहरूमा शिक्षाको पहुँच एवम् साक्षर जनशक्तिको कल्पना गर्नु असम्भव देखिन जान्छ। कुनै पनि काम गर्नु अघि त्यो काम असम्भव नै लाग्छ तर, असम्भव शब्द आफैंले सम्भाव्यताको मधुरो किरण बोकेर को हुन्छ।


शिक्षा कोक्रोबाट शुरू भई चितामा गएर अन्त्य हुन्छ। शिक्षण सिकाइ कहिल्यै अन्त्य नहुने चक्र हुन्। बारे शिक्षाविद् जोन डिवे भन्छन्, शिक्षा भनेको व्यक्ति आफ्नो वातावरणलाई नियन्त्रण गरी आफ्ना सम्भावनाहरूलाई पूरा गर्न सक्ने क्षमताहरूको विकास गराउनु हो। शिक्षा एक निरन्तर चलिरहने प्रकृया हो। मानिसले जन्मेदेखि मृत्यु पर्यन्त सम्मको अवधिमा कुनै कुरा देखेर, सुनेर, भोगेर, छोएर, पढेर, स्वाद लिएर, चलाएर, आदि जे जस्ता तरिकाबाट जे जति ज्ञान, सीप अनुभव हासिल गर्दछ त्यो सबै नै शिक्षा हो। यसैलाई जीवन पर्यन्त शिक्षा भनिन्छ

 

यति मात्रै नभई युनेस्कोको प्रतिवेदन लर्निङ टु बि मा जीवन पर्यन्त शिक्षाका बारेमा शिक्षालाई विद्यालयबाट प्राप्त गरिने विषयवस्तुको रुपमा परिभाषित गर्न उपयुक्त हुँदैन, यसलाई मानव जीवनको एउटा प्रक्रियाको रुपमा हेर्नु पर्दछ भनिएको शिक्षा लिने क्रममा उमेरको कुनै रुकावट वा वाधा हुँदैन। समय परिस्थितिको आवश्यकता एवम् गम्भिरता संगै जीवनभर कुनै कुनै रुपमा सिकिरहने कार्य नै जीवन पर्यन्त शिक्षा हो हालको समय परिस्थितिमा जीवन पर्यन्त सिकाई एवम् शिक्षालाई अध्ययन कार्यसंग सम्बन्धित गरिएको

 

त्यसैले हरेक व्यक्तिको हेर्ने आँखामा परिवर्तन ल्याउनुपर्छ, सोचाइको क्षेत्रफल बढाउनुपर्छ, चेतनाको विकास गर्नुपर्छ तब मात्र सुविधा वञ्चित समुदायका मानिसमा साक्षरता ल्याउन सकिन्छ जीवन पर्यन्त सिकाइको पहुँच विस्तार गर्न सकिन्छ। यसरी कण कण देखि नयाँ ढङ्गले नौलो स्वरूप ल्याउन पाइला अघि बढाए मात्र साक्षरताको सपना पूरा हुन्छ।

जीवन पर्यन्त शिक्षा मानव समाजको गतिशील एवम् प्रगतिवादी धारणा हो व्यक्तिको जीवन त्यस अवस्थासम्म मात्र सार्थक रहन्छ जुन अवस्थासम्म व्यक्ति जीवनका लागि आवश्यक सामाजिक गतिविधिमा सरिक रहन सक्छ सुविधा बन्चित समुदायका मानिसका लागी यस प्रकारका जीवन पर्यन्त सीप तथा जीवनोपयोगी शिक्षाको महत्व जान्न बुझ्न निकै नै आवश्यक छ। यसले त्यस्ता समूहका मानिसको सर्वाङ्गीण विकास गर्न शिक्षामा सबैको पहुँच वृद्धि गर्न पनि टेवा पुर्याउँछ

 त्यसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा भएपनि समयको माग अनुसारको दक्ष जनशक्ति विकास गर्न मद्दत पुर्याउँछ बहुआयामिक शैक्षिक संरचना तथा साँस्कृतिक क्रियाकलापको विकास गर्न पनि सहयोग पुर्याउँछ यस्ता सीपले व्यक्ति तथा सङ्गठनलाई अनुकूल वा प्रतिकूल अवस्थामा प्रभावकारी व्यवस्थापन गरी सफलतापूर्वक अगाडी बढ्न प्रेरित गर्दछ सचेतना आत्मविश्वासको विकास भई यसबाट सुबिधा वन्चित समुदायमा पनि राष्ट्रको मूलधारमा आउने आफ्नो अस्तित्वको छाप छाडेर जाने एउटा अवसर प्रेरणा मिल्दछ देशलाई आत्मनिर्भरताको बाटोमा हिडाउँन पनि सुविधा बन्चित समुदायका मानिसको जीवनस्तरलाई माथि उठाउँन आवश्यक उनिहरुको सर्वाङ्गीण विकास हुने खालका परियोजनाहरु निर्माण गर्न आवश्यक  

  सुविधा बन्चित समुदायका मानिसहरुसंग जीवन पर्यन्त शिक्षा तथा सीप नहुँदा उनिहरुको जीवन झन् कष्टकर बनिरहेको नेपालकै सन्दर्भमा कुरा गर्दा प्रदेश नम्वर दुईको कुल जनसङ्ख्याको करिब ३५ प्रतिशत भन्दा बढी मानिसहरु राष्ट्रका आधारभूत सुविधाबाट बन्चित छन् त्यस्ता मानिसहरु मध्ये पनि सबैभन्दा पछि परेका डोम समुदायको जनसङ्ख्या २० हजार जति रहेको पाईन्छ  शिक्षामा पहुँच बढाउँन सके डोम समुदायको विकास गर्न सकिने उनिहरुका अगुवाहरु बताउँछन् उनिहरु बाँसका सामानहरु बनाउँन पनि सिपालु छन् तर स्थानीय, प्रदेश संघीय सरकार कसैलेपनि उनिहरुको विकासमा चासो दिएको देखिंदैन उनिहरुमा भएको जीवन पर्यन्त सीपको पनि सदुपयोग हुन नपाउँदा उक्त सीप नष्ट वा नाश हुँदै गएको पाईन्छ यस कुरालाई ध्यानमा राखेर समयमै केही गर्न सक्ने हो भने उनिहरुको जीवनस्तर पनि उकास्न सकिन्थ्यो होला साक्षरता कार्यक्रम पनि ल्याउँन र कार्यान्वयन गर्न सहज बन्ने थियो होला

 

यस्तै सुविधा पहुँचबाट वन्चित अर्को समुदाय हो माझी समुदाय नपढेपछि वा भनौं पढ्नै नपाएपछि यहाँ चेतनाको अभाव जसको परिणामस्वरुप यो समुदायमा वालविबाह व्याप्त  साथै रुढीवादी विचारधाराहरु पनि  विद्यमान रहेका पाईन्छन्।“ पाँचथर जिल्लामा बसोवास गर्दै आएका माझी समुदायका प्रत्येक मानिसको भनाई हो यो नेपालको पाँचथर जिल्लाका अतिरिक्त सिन्धुपाल्चोक जिल्लामा पनि माझी समुदायको प्रमुख रुपमा वस्ती रहेको सिन्धुपाल्चोकमा वसोबास गर्ने माझी समुदायको प्रमुख पेशा माछा मार्ने हो यो निक्कै जोखिमपूर्ण रहेको  

 

बत्ति मुनीको अँध्यारो (बत्तिको फेदमा अँध्यारो ) ने जस्तै सदरमुकामकै नजिकमा बस्ने यी माझी समुदायका मानिसहरु शिक्षाको ज्योतिसँग राम्रोसित साक्षात्कार हुँनै पाएका छैनन् उनिहरुका लागि नजिकै माध्यमिक तह सम्मको  शिक्षा प्रदान गर्ने विद्यालय स्वास्थ्य खानेपानीको सुविधा नै यो समुदायको आर्थिक  अवस्था जीवनस्तरका वारेमा सरोकारवाला व्यक्ति तथा निकायलाई कुनै चासो चिन्ता समेत देखिंदैन

 

 हामीले पढ्नै पाएनौं नै, हाम्रा छोरा छोरी नाती नातीना पुस्ताले धेरै पढ्लान् अनि उन्नति प्रगति गर्लान् भन्ने थियो तर तिनले पनि पढ्न पाएनन् पढ्ने वातावरण पनि सहज भईदिएन विद्यालय पुग्नै गाह्रो , भोकभोकै दुई घण्टा भन्दा बढी हिड्नु पर्दछ ।“ माझी वस्तीका हरेक स्थानीय भनाई हो यो यी समुदायका मानिसहरुसंग पनि बेग्लै किसिमको सीप , कला आज तिनको विकास स्तरोन्नतिमा सरकारले ध्यान नदिंदा निरक्षर जनसङ्ख्या घट्नुको साटो उल्टै बढ्ने अवस्थामा पुगेका छन् राजनीतिक अस्थिरताको कारणले पनि यस्ता समुदायका मानिसहरुलाई राष्ट्रले दिने सुविधा आफ्ना मौलिक हक अधिकारको उपभोग गर्न पाएका छैनन् । यसैका कारण जीवनस्तर खस्कँदो , वेरोजगारी बढ्दो , साक्षरताको अभियान सफल हुन सकेका छैनन् जीवनोपयोगी सीप एवम् जीवन पर्यन्त सिकाईको विकास गर्न रोजगारीको वातावरण सिर्जना गर्न नसकेसम्म शिक्षण सिकाईका क्रियाकलापहरु अघि बढ्न सक्दैनन् साक्षरताको अभियान द्रूत गतिमा चलाउँन सकिंदैन

    

 

 

सुविधा वञ्चित समुदायका मानिसको जीवन स्तर निकै न्यून छ। त्यसको स्तरोन्नतिका निम्ति पनि ती वर्गका व्यक्तिहरूको समस्या राज्यको आँखा हेराउनुपर्छ राज्यकै कानमा सुनाउनु पर्छ। मैनबत्तीको उज्यालो जस्तो हरेक सरकारी कामकाजलाई सूर्यको किरण जसरी चारतिर फैलाउन आवश्यक यस सबका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो पहिचान। त्यस्ता हरेक व्यक्तिको, हरेक समाजको, हरेक वर्गको पहिचान हुन अति नै आवश्यक छ। त्यस्ता वर्गको पहिचान नभएसम्म नयाँ निती नियम निर्माण गर्न कठिनाइ आउन सक्छ। राष्ट्रसंग हरेक त्यस्ता व्यक्तिको तथ्याङ्क हुन जरुरी छ। तब मात्र सरकारले त्यस्ता व्यक्ति एवम् समुदायका समस्याहरू न्यायोचित ढङ्गले समाधान गर्न सक्छ। भोका पेट कति छन् भन्ने थाहा भए पछि मात्रै खाना कति पकाउने भन्ने कुरा सान्दर्भिक हुन जान्छ। 

 त्यस्ता वर्गको पहिचान भएपछि त्यस्ता वर्गका मानिसको फेरि वर्गीकरण गर्न आवश्यक छ। एकै हातका पनि पाँच औँला फरक भएजस्तै एउटै सुविधा वञ्चित समुदायका मानिसहरूको पनि स्तर फरक हुन्छ। कसैलाई गाँसको समस्या होला कसैलाई बासको समस्या होला। कोहीलाई शिक्षाको क्षेत्रमा चुनौती होला कोहीसँग अस्पतालको पहुँच नहोला। समस्याहरूकै स्तर भिन्न भएपछि समाधानका उपायहरू पनि फरक फरक नै हुने भए। 

 

यस वर्गीकरण पछिको महत्वपूर्ण चरण हो समता। समानताको वकालत गर्दा गर्दै राज्यले समताको बाटो विकास गर्नै भुलेको छ। हरेक भोकालाई दुईवटा रोटीले पेट नभरिन सक्छ। कसैलाई तीन वटाको आवश्यकता पर्ला कसैलाई एउटाले पनि पुग्ला। त्यसैले जसलाई जेको आवश्यकता त्यसलाई त्यही कुराको माग पुरा गरिदिन अत्यन्त जरुरी छ। 

 

बस्नलाई बास नभएको व्यक्तिलाई शिक्षाको अवसर दिनु सान्दर्भिक हुँदैन। अस्पतालको पहूँच नभएकालाई दाल चामल बाँड्नु न्यायोचित हुँदैन। त्यसैले अब सुविधा वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न सरकारले समताको बाटो अपनाउन वा अवलम्बन गर्न अत्यन्त महत्वपूर्ण छ। तब मात्र हरेक समस्याको जड सम्म पुग्न सकिन्छ परिवर्तनको लहर हाँगामा मात्रै होइन जरामा पनि पुर्याउन सकिन्छ। 

 

यी आधारभूत चरण पार गरेपछि सरकारले जीवनोपयोगी सिकाइ एवम् रोजगारीलाई प्राथमिकता दिनुपर्ने हुन्छ। जबसम्म एउटा परिवारको एउटा सदस्यसँग स्थायी आयस्रोत हुँदैन तबसम्म उसले आफ्नो सन्तानलाई शिक्षा दिन सक्दैन। जब आफैँसँग जीविकोपार्जन गर्न मद्दत पुर्याउने कुनै प्रकारको सीप हुँदैन तबसम्म उसका बालबच्चालाई उसले सहज जीवनयापन गर्ने वातावरण सिर्जना गर्न सक्दैन। यसरी पानीमुनि भनौँ वा गरिबीको रेखामुनि रहेका व्यक्तिलाई सतहमा आउनै कठिन पर्छ। 

 

त्यसैले राज्यले त्यस्ता सबै व्यक्तिलाई रोजगारीको अवसर दिन जीवन पर्यन्त सिकाइ सिकाउन निकै महत्वपूर्ण छ। यसले मात्र उनीहरूको जीवन स्तरका लागि एउटा जग बसाल्न मदत गर्छ। तर यी सबै कुरा त्यहीँ गर्नुपर्छ जहाँ उनीहरू रहिआएका छन्। मलिलो तथा अनुकूल ठाउँमा जस्तै विरूवा पनि उम्रिन्छ नि तर सेवा वञ्चित समुदायको विकास एवम् परिमार्जन त्यही ठाउँमा गर्न सके पो विकास पनि दिगो हुन्छ त्यसबाट भावी पुस्ताले पनि लाभान्वित हुने अवसर पाउँछन्। 

 

दार्चुलाका विद्यार्थी पढाउन काठमाडौँमा विद्यालय स्थापना गरेर साक्षरताको सपना पूरा हुँदैन। त्यसैले मरुभूमिको सुनलाई मरुभूमिमै फलाउन सक्नुपर्छ। मलिलो ठाउँमा फलाउंदा त्यो लसुन बराबर भइहाल्छ नि फेरी। 

 

यसपछि उनीहरू सबैमा उत्साह जगाउन पनि आवश्यक उनीहरूले गरेका साना भन्दा साना कामहरूको पनि सहि मुल्याङकन भयो भने मात्र उनीहरूमा त्यस कुरा प्रति सकारात्मक दृष्टिकोण पैदा हुन्छ। नत्र सिकाइएको सिपको दिएको ज्ञानको उचित गुणान भएन भने उनीहरूमा त्यो सिप सिक्ने चाहना हुन्छ त्यो सीप प्रयोग गरेर आम्दानी गर्ने मनोबल नै। त्यसैले उनीहरूमा सरकारले ल्याइएका योजनाहरू प्रति उत्साह जगाउन निकै आवश्यक छ। यसरी उत्साहित जनशक्तिले मात्रै आफ्नो जीवनस्तर वृद्धि गर्न दृढ अठोट लिएर अघि बढ्छन्। 

 

यसपछिको महत्वपूर्ण चरण हो मानसिकता विकासको। जबसम्म एउटा मानिसले धरातल छाडेर गगन चुम्न पाइला अगाडि बढाउंदैन तब सम्म त्यो मानिस सुविधा वञ्चित समुदायको स्तरबाट माथि उठ्न सक्दैन। विद्यालयको मुहार नै नदेखेको मानिसले आफ्ना छोराछोरीलाई विद्यालय पठाइहाल्ने आँट गर्दैन। जबसम्म उसमा शिक्षाको महत्व बारे चेतना विकास हुँदैन उसले साक्षरता प्रतिको यो पहिलो पाइला चल्नै सक्दैन। 

 

 

यो आज थालनी गरेर भोलि नै परिवर्तन आउने कार्य होइन। यसमा समय लाग्छ, कठिन परिश्रम लाग्छ, सबै भन्दा जरुरी दुरदर्शी दृष्टिकोण आवश्यक पर्छ। सुविधा वञ्चित समुदायमा यी साना साना कार्यहरू नगरेसम्म शत प्रतिशत साक्षर नेपालको सुनौलो बिहानी सायद देख्नै नपाइएला। त्यसैले राष्ट्रले अब हरेक स्तर एवम् वर्गका मानिसलाई समानताको दृष्टिकोणले हेर्दै, समताको भावना राख्दै साक्षरताको कार्यक्रम विस्तार गर्नुपर्छ। साक्षर एवम् समृद्ध नेपालको उज्यालो एक दिन आउनेछ यसका निम्ति सरकार जनता सबै मिलेर सुविधा वञ्चित समूहमा साक्षरता एवम् जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्नुपर्छ। 

 

लेखक  - समीक्षा खनाल

Samikshakhanal12@gmail.com

 

 

 

Comments

Popular posts from this blog

Beauty

Festivals Of Nepal

Bloody "RED"